विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो

२०७७, १२ आश्विन सोमबार ०३:४५

काठमाडाैँ,१२ असाेज । विश्वभर कोरोना भाइरस (कोभिड— १९) का कारण ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार लेखिरहँदा विश्भर १० लाख २ हजार ३८३ मानिसले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

फाइल फोटो

तथ्यांक अनुसार सोमबार बिहानसम्ममा विश्वभर कुल ३ करोड ३३ लाख ३ हजार २०९  मानिस संक्रमति भइसकेका छन् । सर्वाधिक संक्रमित र मृत्यु संख्या संयुक्त राज्य अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ७३ लाख २१ हजार ३४३ जना संक्रमित हुँदा २ लाख ९ हजार ४५३ जनाको ज्यान गइसकेको छ । त्यहाँ आइतबार मात्र एकै दिनमा ३३ हजार ७८२ जना संक्रमित भएका छन् भने २७६ जनाले ज्यान गुमाएका छन् ।

 

 

Comments

ताजा खबर