पूर्व मन्त्रीको गाडीले ठक्कर दिँदा जेब्राक्रसिङमा हिँडिरहेकी महिलाको मृत्यु

२०७७, ११ आश्विन आईतवार ०९:१४

काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री दीपक खड्काको गाडीले किच्दा जेब्राक्रसिङबाट सडक पार गरिरहेकी एक महिलाको मृत्यु भएको छ ।

फाइल फोटो

घटना असोज ७ गते भए पनि यो विषय सार्वजनिक भएको थिएन । असोज ७ गते खड्काले चलाएको गाडीले किच्दा मिहलाको मृत्यु भए पनि उनीसँगै गाडीले ठक्कर दिएका उनको श्रीमान भने घाइते रहेका छन ।

काठमाडाैँ महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मुल सडक खण्डको जेब्रा क्रसिङमा २०७७ साल असोज ७ गते दिँउसो १२ः५० बजेको समयमा खड्काले चलाएको बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बुढानिलकण्ठ वडा नम्बर ६ को विक्रम कार्की र अनुपा पाण्डे कार्कीलाइ ठक्कर दिएर कुल्चिएको थियो ।

सो स्थानमा बाटो काट्ने क्रममा उनलाई तीव्र गतिमा आएको नम्बर नखुलेको  मोटरसाइकलले ठक्कर दिएर भागेको थियो भने उनी लडेको अवस्थामा सोही दिशातर्फबाट आएको बा ११ च ४१४१ नम्बरको गाडीले किचेपछी घाइते कार्की दम्पतिलाई स्थानीयहरुले तत्काल अस्पताल लगेका थिए । तर अनुपाको ज्यान भने जोगिएन ।  उनका श्रीमान विक्रम कार्की भने शख्त घाइते भए पनि उनको ज्यान भने जोगिएको छ।

नम्बर नखुलेको मोटरसाइल र उक्त गाडीका वारेमा छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले प्रहरी वृत महाराजगंजमा उजुरी बोकेर पुगे पछी प्रहरी सो गाडी र मोटर साइकलको खोजीमा लागेको थियो। जनप्रतिनिधि र स्थानीयहरुको दवाव पश्चात करिव ६.३० बजे उक्त गाडी प्रहरीले भेटाएको थियो ।

प्रहरीले गाडी समातेर ल्याए पश्चात सो गाडीका वारेमा खोजविन गर्दा उक्त गाडी पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्काको रहेको तथ्य खुलेको वडा नं ६ का अध्यक्ष नबिन केसीले बताएका छन् ।

नेता खड्कालाई पीडित पक्षसंग छलफलका लागि बोलाउदा उल्टै कानुनी कुरा झिक्दै बेवास्ता गरेको आरोप पीडित पक्षको छ ।

पीडित पक्षले न्याय नपाउन्जेल अनुपा कार्कीको शवको पोस्टमार्टम नगरिने र कसैले पनि पद र शक्तिको आडमा निर्दोष र कमजोर जनतालाई दुख दिने र ज्यानै लिने सम्मको गर्न नपाउने बताउदै अध्यक्ष केसीले नेता खड्काले केही व्यक्तिहरुलाई आफ्ना दूतका रुपमा घटनाबारेमा बुझ्न लगाएको तर आफु भने उपस्थित भएका छैनन् ।

मृतक अनुपाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काका विरूद्धमा घाइते अवस्थामा रहेका उनका पतिले महानगरीय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिएका छन ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु