बाबुरामको आरोप सत्तासिनहरु कमिसनको भागबण्डामा व्यस्त छन्

२०७७, ११ आश्विन आईतवार ०८:४५
काठमाडौं, ११ असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सत्तासिन भएकाहरु सिंहदरबार र बालुवाटारमा कमिसनको भागबण्डा आफ्ना आसेपासेलाई कुर्सीको भागबण्डामा व्यस्त रहेको गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टाईले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्,”हजारौं श्रमिकहरू कोरोना महामारीले वेरोजगार बनेर सडकमा छन्!बाँडेको भात आँसुले मुछेर खाइरहेछन्(हेरौं यो भिडियो)!श्रमिकको मुक्तिको नाउँमा भोट मागेर सत्तासीन भएकाहरू सिंहदरबार/बालुवाटारमा कमिसनको भागबण्डा,आफ्ना आसेपासेलाई कुर्सीको भागबण्डामा व्यस्त छन्!यिनको आँसुले एकदिन पिर्छ पिर्छ!”

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु