बालुवाटारमा ओली–दाहाल भेटवार्ता जारी ।

२०७७, ९ आश्विन शुक्रबार ०७:१६

काठमाडौं  । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भटवार्ता जारी छ । 

फाईल फोटो

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनको विषयमा कुराकानी भैरहेको छ । हिजोपनि अध्यक्षद्धयबीच यस विषयमा छलफल तथा परामर्श भएको थियो । नेकपाले जतिसक्दो चाँडो मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गरेको छ । सचिवालय बैठकमा नै यो विषयमा छलफल भएको थियो । मन्त्रिमण्डल पूनर्गठनको मापदण्ड बनाउनेदेखि पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सचिवालयले अध्यक्षद्धयलाई जिम्मेवारी दिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु