ग्लोबल र महासंघबीच ब्याजदर सम्झौता ।

२०७७, ९ आश्विन शुक्रबार ०६:२९

काठमाडौँ ।  ग्लोबल आईएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेबारे सम्झौता भएको छ ।

फाईल फोटो

महासंघमा आबद्ध होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र सरलताका साथ बैंकिङ कारोबारको पहुँचमा ल्याउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हीराध्वज शाहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु