दाङमा जिप दुर्घटना, ६ जना घाइते

२०७७, ८ आश्विन बिहीबार ०८:३३

दाङ ।दाङमा बा २ च ९५३१ नम्बरको स्कारपियो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

फाइल फोटो

कपिलवस्तुबाट सल्यान फर्कँदै गरेका रेडियोमा कार्यरत पत्रकार सवार जिप बिहीबार बिहान लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर नजिक दुर्घटना भएको हो । दुर्घटनामा सल्यान स्थित रेडियो मध्यपहाड एफएमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नम्बर २ का वीरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौर गाउँपालिका कै तुलाराम परियार, लेकाली अनलाइनमा कार्यरत खगेन्द्र केसी, खगेन्द्रकी बहिनी १५ वर्षीया नोखी केसी, तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ५ का प्रकाश ओली, सल्यान छत्रेस्वरी गाउँपालिका वड नम्बर ३ का चालक सन्तोष बुढाथोकी घाइते भएका हुन् । दुई जनाको लमही स्थित फ्लोरेन्स अस्पताल र चारजनाको लमही अस्पतालमा उपचार भैरहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु