नेपाल वायु सेवा निगमद्वारा नियमित आन्तरिक नौ ठाउँमा उडान शुरु (सुचीसहित)

२०७७, ८ आश्विन बिहीबार ०८:२७

काठमाडौं, ८ असोज । नेपाल वायु सेवा निगमले नौ ठाउँमा नियमित उडान शुरु गरेको छ । कोरोना भाइरसको रोकथामका लागि आन्तरिक उडान बन्द गरिएकोमा सरकारले खेल्ने निर्णय गरेपछि निगमले विभिन्न नौ ठाउँमा उडान गर्न थालेको हो ।

फाइल फोटो

निगमले काठमाडौंबाट रुकुम, भोजपुर, दाङ्ग, फाप्लु, थामखर्क, ताप्लेजुङ्ग र खानीडाँडा तथा नेपालगञ्जबाट रुकुम, जुम्ला र बाजुरामा उडान पुनः सञ्चालन गरेको हो । अहिलेलाई ती क्षेत्रमा उडान हप्ताको एक देखि तीन दिनमात्र सञ्चालन गरिने नेपाल एयरलाइन्सले जनाएको छ ।

फाइल फोटो
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु