रम्भामा पहिरोले २ घर बगायो ६ जना बेपत्ता

२०७७, ८ आश्विन बिहीबार ०२:५९

पाल्पा । तीन दिन देखिको निरन्तर बर्षा पछि गएको पहिरोले २ घर पुरेको छ । पहिरोमा पुरिएर जना बेपत्ता भएका छन् ।

फाइल तस्बिर ।

पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको हो । हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष उमानसिह सारूले बताए । उनकाअनुसार बिहान करिब ४ बजे पहिरो गएको थियो । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन् । अहिले स्थानीयले उद्दार गरिरहेका छन् ।

यस्तै सोही वडाको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएकी छन । घटनास्थल सदरमुकामभन्दा टाढा र विकट रहेको छ ।

Comments

ताजा खबर