पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध ।

२०७७, ८ आश्विन बिहीबार ०१:५८

चितवन, ८ असोज । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो खसेसँगै सडक पुनः अवरुद्ध भएको छ ।

फाईल फोटो

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चारकिलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो ।

सोही स्थानमा बुधबार दिउँसो ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएपछि पहिरो पन्छाएर साँझ ७ बजेदेखि सडक सञ्‍चालन गरिएको थियो ।केही दिनयता निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु