नेपाल कम्युनिस्ट पाटी पाल्पाकाे सचिवमा राजेन्द्र ।

२०७७, ७ आश्विन बुधबार ०३:०१

पाल्पा ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाको सचिवमा राजेन्द्र विश्वकर्मा नियुक्त हुनुभएको छ । प्रदेश कमिटिको निर्णय अनुसार उहाँ पाल्पा जिल्लाको सचिवमा नियुक्त हुनुभएको हो ।

यस अघिका सचिव गीरबहादुर थापा विरवल लामाे समयदेखि मृगौला तथा सुगर रोगबाट पीडित भएपछि पार्टीको काममा समस्या रहेको थियो ।  उहाँको स्थानमा विकलाई नियुक्ती गरेको सर्कुलर प्राप्त भएको नेकपा पाल्पाका प्रचार विभाग प्रमुख गुराँस आत्रेयले रानीमहललाई बताउनुभयो । बैठकले सचिव थापाको स्वाथ्यलाभको कामना गर्दै उहाँको योगदानको पार्टीले सदैव कदर गर्ने निर्णय समेत गरेको जानकारी दिनुभयो । थापा अहिले प्रदेश कमिटिकाे सदस्य समेत रहनुभएकाे छ ।नेकपामा अध्यक्ष साविक एमाले र सचिव माआेवादीलाइ भागवण्डा गरिएकाे थियाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु