पहिलो पटक केन्द्रिय विद्युत पुगेपछि स्थानीय हर्षित ।

२०७७, ५ आश्विन सोमबार ०३:३९

थम्मन थापा , बागलुङ , असोज ५ ।  नेपाल विद्युत प्राधिकरणले पश्चिम बागलुङमा विद्युत सेवा सञ्चालनमा ल्याएको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा पहिलो पटक आज केन्द्रिय विद्युतको सेवा शुभारम्भ गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण र ढोरपाटन नगरपालिकाको पहल र समन्वयमा केन्द्रिय विद्युतको प्रशारण विस्तार गरिएको केन्द्र प्रमुख गोशलीले बताए । अहिले बागलुङ नगरपालिका सँगै काठेखोला गाउँपालिका, जैमिनि नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका अधिकांश भूभागहरूमा केन्द्रिय विद्युतको प्रसारण पुगेको छ । त्यस्तै बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा केन्द्रिय विद्युतको लाईन विस्तार गरिएको छ । छिट्टै निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका सँगै ढोरपाटन सिकार आरक्षसम्म पुर्याउने लक्ष्य रहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रशासन अधीकृत अशोक कुमार कर्णले बताए । लघु जल विद्युत आयोजनामा बर्खायाममा बाढि पहिरोले क्षेति पुर्याउदा हप्तौं दिनसम्म अन्धकारमा बस्नु पर्ने, उद्योग,व्यवसाय, सञ्चार गृह विद्युतकै कारण सञ्चालन गर्न कठिनाइ भएको समाजसेवी तुलसी अर्यालले बताए । साना लघु जलविद्युतले मानिसको आवश्यकता पूरा हुन नसकेको र अब केन्द्रिय विद्युतको आगमनले मानिसको दैनिकीमा सहजता आउने स्थानीय मिरा अर्यालले बताइन् । विद्युतको माग र आवश्यकतालाई केन्द्रिय विद्युतले ठूलो भूमिका खेल्ने भन्दै उनले खुसी व्यक्त गरिन् । दश नमुना शहर मध्यको एक बुर्तिबाङ शहर सम्म विद्युत पुगेपछि स्थानिय खुसि भएका छन् । अहिले झण्डै ४ करोड लागतमा बुर्तिबाङ सम्म ६ वटा ट्रान्सफर्मर मार्फत ११ केभिए प्रशारण लाइन मार्फत विद्युत सञ्चालनमा आएको छ । बुर्तिबाङ बजारमा सबै घरमा विद्युत जडान कार्य दुई महिना भित्र हुने नेपाल विद्युत प्राधिकरण नो लाइट कार्यालय बुर्तिबाङले जनाएको छ । त्यस क्षेत्रमा लघु जलविद्युतका कारण पटक पटक विग्रिने, आवस्यकता अनुसार विद्युत क्षमता नहुनु र चाहेको समयमा विद्युतबाट हुने काम गर्न नपाउँदा निकै कठिन थियो । केन्द्रिय विद्युत आएपछि थप सहजता हुने स्थानीयले अपेक्षा गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु