मुग्लिन–नारायणगढ सडक अबरुद्ध ।

२०७७, २ आश्विन शुक्रबार ०२:३५

चितवन ।  लगातारको वर्षासँगै तीन ठाउँमा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अबरुद्ध भएको छ ।

फाईल फोटो

भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।अझै पनि हल्का पहिरो खसिरहेका कारण पहिरो पन्छाउन सहज नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरो पन्छाउन बिहानभरी लाग्नसक्छ ।

पहिरो खसेसँगै बाटो अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लागेको छ । ६ महिनापछि खुलेका यात्रुबाहक बस पनि पहिरोमा फसेका छन् । रात्रीबस काठमाडौं छिर्न नपाउँदै पहिरोको चपेटामा परेका हुन् । वर्षा लागेपछि यो सडकखण्ड प्राय अवरुद्ध हुने गरेको छ । नारायणगढ–मुग्लिन सडकमा मंगलबार मात्रै दर्जनौं नयाँ पहिरो आएर सडक अस्तव्यस्त बनेको थियो ।

Comments

ताजा खबर