माथागढीले ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै ।

२०७७, १ आश्विन बिहीबार १२:४३

सन्ताेष गहतराज , पाल्पा । पाल्पामा पछिल्लो समयमा समुदाय स्तर काेराेना भाइरसको संक्रमण बढे सँगै गाउँपालिकाहरूले अाइसाेलेसन अस्पताल निर्माण गर्दै गरेकाे सन्दर्भमा जिल्लाकाे माथागढी गाउँपालिकाले पनि आइसोलेसन अस्पताल निर्माण गर्ने कार्य शुरू गरेको छ  ।

संघीय सरकारको १० लाख रुपैयाँ अनुदानमा गाउँपालिकाको वडा नं. ४ झडेवा देउगिरमा ५ वेडको आइसेलेसन अस्पताल निर्माण हुने लागेको हो । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैदिदै गएपछि उपचार तथा रोकथामका लागि आइसोलेसन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष सन्तोष थापाको अनुसार आइसोलेसन कक्षसँगै २५ वेडको क्वारेन्टाईन समेत निर्माण गरिने छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा राख्ने स्थान नभएकाले समुदाय स्तरमा फैलन नदिन आइसोलेसनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । माथागढी ४ झडेवा देउगिर सभाहलमा आइसोलेसन र किसान मा.वि.को पुरानो भवनमा क्वारेन्टाइन बनाउने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो। यसअघिका कोराना संक्रमितलाई जिल्लाको मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखिएको थियो । गाउँपालिकामै आइसोलेसन निर्माण भएपछि कोरोना संक्रमितलाई महङ्गो शुल्क तिरेर अन्यन्त्र अस्पतालमा राख्नु नपर्ने गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले बताउनुभयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु