योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित ।

२०७७, ३१ भाद्र बुधबार ०८:३५

जापान ।  योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्नुभएको छ । संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उहाँ प्रधानमन्त्री बन्ने पक्का भएको थियो । गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

७१ वर्षका योशिहिदे यसअघिको मन्त्रिपरिषदमा सचिवको भूमिकामा हुनु हुन्थ्यो । उहाँ आबेका नजिकका सहयोगी मानिनु हुन्छ । उहाँले प्रधानमन्त्रीका रुपमा आबेका नीतिहरु अघि बढाउने अनुमान गरिएको छ । किसान परिवारकाे सुगा सन् १९९१ मा प्रधानमन्त्री बन्नुभएका किचि मियाजावापछि सवैभन्दा पाको उमेरको प्रधानमन्त्री हुनुभएको छ ।

प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उहाँले देश र जनताको लागि काम गर्न आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । मेरो लगाव सबै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु’, उहाँले भन्नुभयो । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु