रिब्दीकोट गाउपालिकाले बाल दिवसकाे अवसरमा निवन्ध प्रतियोगिता सम्पन्न ।

२०७७, ३० भाद्र मंगलवार १०:२०

सन्तोष गहतराज पाल्पा । जिल्लाकाे  रिब्दीकोट गाउँपालिकाले बाल दिवसको ‘विपदमा बाल अधिकारकाे सुनिश्चितता,हामी अवसरमा सबैकाे प्रतिबद्वता ‘भन्ने नाराका साथ गाउँपालिका स्तरीय निवन्ध प्रतियोगिता सम्पन्न गरेको   छ ।  मुलुक भर मनाइएको दिवसको अवसरमा गाउँपालिकाको शिक्षाको आयोजनामा निवन्ध प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा आदर्श मा.वि. रिब्दीकोट २ देउराली की करीना पोखरेल प्रथम भएकी छन् । प्रभात मावि पालुङ्मैनादीका हुमिन कुमाल दोस्रो, भैरव जनता मावि रिब्दीकोट ४ भैरवस्थानकी आकृति ज्ञवाली तेस्रो र सोही विद्यालयका मदन क्षेत्रीले सान्तोना स्थान हासिल गरेको गाउँपालिकाका शिक्षा इकाई प्रमुख मणिप्रसाद खनालले जानकारी दिनुभयो । प्रतियोगितामा ७ विद्यालयका १५ जना प्रतियोगी सहभागी थिए । प्रतियोगिताका प्रथमले ५ हजार, दोस्रो ४ हजार, तेस्र्रोले ३ हजार र सान्तोनाले १ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु