असोज ५ देखि सार्बजनिक यातायात सञ्चालन हुने

२०७७, २९ भाद्र सोमबार १५:५९

काठमाडौँ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी गत चैत ११ देखि बन्द भएको सार्बजनिक यातायात सुचारू हुने भएको छ । सरकारले असोज ५ गतेदेखि लामो, मध्यम तथा छोटोदूरीका यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र सार्बजनिक यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको हो । यो सेवाहरु स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्दै सुचारु हुनेछन ।

Comments

ताजा खबर