विश्व हिन्दू महासङ्घले सांस्कृतिक स्थल खुला गर्न माग ।

२०७७, २७ भाद्र शनिबार १३:०६

काठमाडौं । विश्व हिन्दू महासङ्घले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ ।

महाङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाएको हो ।

बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवं पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दूरी कायम गरी मन्दिर खुलाउन साउनमै मापदण्ड बनाए  पनि सरकारले खोल्ने अनुमति दिएको छैन । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु