आज देशभरको मौसम कस्तो रहन्छ?

२०७७, २७ भाद्र शनिबार ०८:०९

काठमाडौँ । देशभरको मौसम शनिबार सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा औसत भन्दामाथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। यस्तै पश्चिम बंगाल नजिक न्यून चापीय क्षेत्रको पनि विकास भएको मौसमविदले बताएका छन् ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमाती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु