समुदायस्तरमा कोराना बढ्दै

२०७७, २६ भाद्र शुक्रबार १२:०५
tansen

किरण कौशल,
पाल्पा । जनप्रतिनिधिहरु सहित समुदायस्तरका कोराना देखिएपछि पाल्पाका स्थानीय सरकारहरुले आफ्ना सेवा तत्कालका लागि रोक्ने निर्णय गरेका छन् । तानसेन नगरपालिकामा एक वडाध्यक्ष र ३ जना वडा सदस्य सहित १९ जना र रम्भा गाउँपालिकामा एक वडाध्यक्ष र १ वडा सदस्य सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय सरकारले सेवा प्रवाह रोक्ने निर्णय गरेका छन् । विहिबार सार्वजनिक रिर्पोट अनुसार समुदायस्तरमा एकपटक २८ जना व्यक्तिमा कोरोना देखिएको हो । यस अगाडी ३१ जना गरी जम्मा ५९ जना व्यक्ति समुदायस्तरका संक्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकास पन्थीले बताए ।

tansen
तानसेन नगरपालिकाले २६ भदौ देखि आश्विन ५ गतेसम्म अति आवश्यक सेवा वाहेक नगरस्तरीय सबै काम रोक्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी दुर्गा थापाले बताए । रम्भा गाउँपालिकाले संक्रमित रहेको क्षेत्रमा बन्दाबन्दी गर्ने, वडा नं. ३ सबै सेवा बन्द गर्ने र गाउँपालिका सेवालाई आंशिक रुपमा संचालन गर्ने निर्णय गरेको छ । यता लुम्बिनी मेडिकल कलेजका अध्यक्ष र चालकमा कोरोना संक्रमण देखिएपछि कलेजका २४ जना भन्दा बढी कर्मचारी र स्वास्थ्यकर्मीहरु स्वाब संकलन गरेर होम क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको सेवा प्रवाह आंशिक बन्द गरिएको छ । पाल्पा जिल्ला अस्पतालमा उपचारत एक जना बृद्धमा कोरोना संकम्रण भएपछि भदौं २१ गते देखि अस्पतालको आकास्मिक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । जिल्लामा हालसम्म ६ सय ४० जनामा कोरोना संक्रमण भएको ५ सय ७० जना निको भएका छन् ।

Comments

ताजा खबर