बाढी पिडितलाई प्रवासबाट तल्लो लमाई समाज जापानको १ लाख २० हजार सहयोग ।

२०७७, २५ भाद्र बिहीबार १७:४०

थम्मन थापा , बागलुङ , भदौ २५ ।  भदौको मध्य भागमा ढोरपाटन नगरपालिका वडा नं ९, ८ र ७ बोवाङ स्थित भूजिखोलामा भारी वर्षा पछि बाढी आयो । भदौ १७ राती देउराली शिर देखि खसेको पहिरोका कारण भुजीखोलामा आएको बाढीले ढोरपाटनका आधादर्जन तटीय बस्ती बगायो । बस्ती बगाउँदा अकल्पनीय मानवीय र भौतिक क्षति भयो । अहिले सिंगो बागलुङ जिल्ला शोकमा छ ।

धेरै मानिसले ज्यान गुमाउनु पर्यो, कैयौं मानिस घाइते भए, धेरैले घरबास सँगै परिवारका आफन्त गुमाए । अहिले ढोरपाटनका बाढी पीडितहरुको लागि दिनहुँ राहत सामाग्री सँगै देश विदेश बाट आर्थिक सहयोग जुट्ने क्रम बढिरहेको छ । प्राकृतिक विपत्तीमा सहयोगी हातहरु अगाडि बढिरहेका छन् । अहिले विभिन्न संघ संस्था, राजनैतिक दल देखि व्यक्ति विशेषले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ पुगेर राहत सामाग्री र नगद सहयोग गरिरहेका छन् । छिमेकी पालिकामा प्राकृतिक विपत्तिले सास्ती खेपिरहेका बोबाङका बाढी पीडित नागरिकहरुलाई तल्लो लमाई समाज जापानले एक कार्यक्रम गरी नगद रु १ लाख २० हजार ५ सय ५० सहयोग हस्तान्तरण गरेको समाजका अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिनुभयो । जापानमा रहेका तल्लो लमाईबासी नागरिकहरुको सक्रियतामा उक्त रकम संकलन गरि ढोरपाटन स्थित वोबाङ्का बाढी पीडितलाई सहयोग गरिएको अध्यक्ष खत्रीले बताउनु भयो । भदौ पहिलो हप्ता स्थापना भएको समाजले प्राकृतिक विपति र आर्थिक अवस्था कमजोर भई उपचार नपाएका दीर्घ रोगी नागरिकलाई समेत आर्थिक सहयोग प्रदान गरिएको समाजका सचिव गोविन्द खत्रीले बताउनु भयो । विपतको बेला मानवीय सेवा नै ठूलो धर्म हो भन्ने महसुस गरी जापानमा तत्कालै आर्थिक संकलन गरी नेपाल पठाइएको र सामाजिक अभियन्ता तारा अधिकारी, यम अधिकारी, डम्बर अधिकारी, गुमान अधिकारी, रेशम खत्री र गोपाल खड्काले ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीलाई सहयोग रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष खिम अधिकारीले बताउनु भयो । समाजले भुजिखोलाको बाढीमा दिवंगत भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घटनामा घाइते हुनुभएका नागरिकहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको छ भने उद्धारमा खटिने सबै प्रति धन्यवाद ज्ञापन गरेको छ ।

Comments

ताजा खबर