पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार अन्तर्राष्ट्रिय उडान थप गर्ने ।

२०७७, २५ भाद्र बिहीबार १५:४०

काठमाडौं ।  सरकारले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने भएको छ। प्रधानमन्त्री, उपप्रधानमन्त्री, परराष्ट्र, श्रम र पर्यटन मन्त्रीबीच अन्तर्राष्ट्रिय उडान थप गर्ने सहमति भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए।

उनका अनुसार, पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउनेगरी नियमित उडान भएका मुलुकमा थप उडानको माग भए अनुमति दिइनेछ। कुनै कम्पनीले कम्पनीकै खर्चमा नेपाली कामदार नेपाल फर्काउने चाहेमा त्यस्ताहरुलाई प्राथमिकतामा राखिने मन्त्री भट्टराईले बताए।

श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग् समन्वयको व्यवस्था मिलाउनुपर्नेछ। नियमित उडान नभएका मुलुकहरुबाट पनि माग भए उडान गरिने भएको छ। तर, यात्रुको कोरोना रिपोर्ट नेगेटिभ हुनुपर्नेछ।

Comments

ताजा खबर