तानसेनका जनप्रतिनिधि सहित २८ जनामा कोरोना संक्रमण

२०७७, २५ भाद्र बिहीबार ०८:३३

पाल्पा । तानसेनका जनप्रतिनिधि सहित एकै दिन पाल्पामा २८ जना कोरोना संक्रमीत थपिएका छन् । थप संक्रमीतहरु रम्भा गाउँपालिकाका ९ जना र बाकी १९ जना तानसेन नगरपालिकाका रहेका छन । तानसेनका संक्रमितहरु तानसेन बजार क्षेत्रका हुन् ।
तानसेनकाे वडा नं १ का २ जना, वडा नं. २ का १ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का ३ जना, वडा नं. ८ का २ जना, वडा नं. ९ का १ जना, वडा नं. १० का ४ जना, वडा नं. ११ का १ जना र वडा नं. १२ का २ जना सङक्रमित भएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार वडा नम्बर ८ मा काेराेनाबाट मृत्यु भएकी महिलाकाे श्रीमान् समेत रहेका छन् । यस्तै रम्भाकाे वडा न. ३, ४ र ५ का पुरूषहरूमा काेराेना सङक्रमण देखिएकाे हाे ।
तानसेन नगरभित्र पुष्टि भएकाहरु ट्राभल हिष्ट्री नभएकाहरु समेत रहेकाले शमुदायमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । पाल्पामा संक्रमितको संख्या ६ सय ४२ पुगेको छ । जसमध्ये पाल्पामा ५ सय ७० जना कोरोना संक्रमण बाट निको भैसकेकाछन । कोरोना संक्रमण बाट पाल्पामा दुई जनाको ज्यान गएको थियो ।

Comments

ताजा खबर