सन्धिखर्क नगरपालिकाले गाई–भैंसीलाई सुत्केरी भत्ता दिने ।

२०७७, २४ भाद्र बुधबार ११:२६

अर्घाखाँची ।  कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको सन्धिखर्क नगरपालिकाले गाई–भैंसीलाई सुत्केरी भत्ता दिने भएको छ । कृषकलाई पशुपालनमा आकर्षित गर्न यस आर्थिक वर्षमा गाई-भैंसीलाई सुत्केरी भत्ताको ब्यबस्था गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए ।

कोरोनाका कारण स्वदेश तथा बिदेशबाट रोजगार गुमाएर फर्किएका तथा यही बसेर पशुपालनमा गर्ने कृषकलाई प्रोत्साहान गर्न सुत्केरी भत्ता प्रदान गरिने नगर प्रमुख भुसालको भनाइ छ ।जुन कृषकको घरमा गाइ भैसी ब्याउन्छ । उक्त कृषकलाई  गाई–भैंसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैयाँ प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । गाई–भैंसी सुत्केरी भएको २ महिना अवधिभित्र वडा कार्यालयको सिफारीससहित नगरपालिकामा निवेदन दिनुपर्ने उनको भनाइ छ ।

गाई–भैंसी ब्याउँदा खुवाउनु पर्ने तेल, ज्वानो, जाइफल, भेलीलगायतका सामग्री खरिद गर्न कृषकलाई सजिलो होस् भनेर यो कार्यक्रम संचालन गरीएको नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद भट्टराइले बताए । 

नगरपालिकाले गाइपशु बिमा गर्ने किसानलाई ५० प्रतिशत अनुदान प्रदान गर्ने नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए ।  यस्तै, बाझो जमिन सदुपयोग गर्नेलाई पहिलो चरणमा प्रोत्साहनस्वरुप १ हजार रुपैयाँसमेत नगरपालिकाले दिने भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु