आज दिनभर मौसम कस्तो रहला ?

२०७७, २४ भाद्र बुधबार ०७:४७

काठमाडौँ – देशभरको मौसम बुधबार सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

बुधबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ , प्रदेश २ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु