ताइफु हाइसेन प्रभाव : १०० भन्दा बढी घाइते २ जनाको मृत्यु र ४ बेपत्ता

२०७७, २३ भाद्र मंगलवार १२:५९

ताइफु १० हाइसेनका कारण  १०० भन्दा बढी व्यक्तिहरु घाइते भएका छन् २ जनाको मृत्यु भएको छ भने त्यस्तै ४ जना बेपत्ता भएका छन। जापानको दक्षिणपश्चिमी मुख्य टापु क्युशुमा ताइफ़ुले हजारौ घरमा बिधुत कटौती, बाटो अबरुद्ध र मोबाइल नेटवर्कमा समस्या देखिएको थियो ।

स्थानीय अधिकारीहरुका अनुसार खागोसिमा प्रिफेक्चरमा ७० बर्षीय महिला कुलोमा फसेर मृत्यु भएको थियो ।अधिकारीहरुले सागा प्रिफेक्चरमा एक जना पुरुष आफ्नो घरको दोस्रो तल्लाको झ्याल बलियो बनाउन खोज्दा खसेर मृत्यु भएको बताएका छन् ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु