सरकारले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित ।

२०७७, २३ भाद्र मंगलवार ११:१०

काठमाडौं । विवादमा रहेको पूर्व-पश्चिम रेलमार्गको काँकडभिट्टा-इनरुवा खण्ड निर्माणको ठेक्का स्थगित भएको छ । यससँगै सरकारले १ सय ६ किलोमिटरको रेलमार्ग बनाउन ठेक्का आह्वान गरेको सबै प्याकेज स्थगित भएका छन् ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । 

रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो ।

जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको थियो ।रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु