स्वर्गद्धारी आश्रमको एउटा घरमा आगलागी ।

२०७७, २२ भाद्र सोमबार २०:२३

दाङ । दाङ-लमही नगरपालिका वडा नं. ३ बनगाउँ स्थित स्वर्गद्धारी आश्रमको एउटा घर आगलागी हुँदा करिब दश लाखको क्षति भएको छ।

ग्यारेज घरको रुपमा प्रयोग हुदै आएको उक्त घरमा दिउँसो करिब ४ बजे आगलागी भएको थियो। विद्युत सर्ट हुदा आगलागी भएको र करिब दश लाखको क्षती भएको अनुमान गरिएको आश्रमका प्रमुख प्रशासकिय अधिकृत हरी अधिकारीले जानकारी दिए।

समयमै आगो निभाउन सकियो। आगो अनेत्र फैलन पाएन’अधिकारीले भने- ‘ग्यारेज घरको रुपमा प्रयोग हुदै आएको थियो । काठै काठले बनेको घर भएकाले नोक्सानी धेरै भयो।’ लमही नगरपालिका र गढवा गाउँपालिकाको दुई ओटा दमकलले आगो निभाएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु