जग्गाको कित्ताकाट खुल्यो

२०७७, २२ भाद्र सोमबार १५:३०

पाल्पा । बिगत ३ बर्ष देखि बन्द रहेको जग्गाको कित्ताकाट खुल्ला भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयले १८ भदौमा कृषियोग्य जमिनको खण्डिकरण गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले कृषि योग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको जानकारी दिएको छ ।
यसअघि २०७४ र २०७५ मा सरकारले जग्गाको खण्डीकरणका सम्बन्धमा रोक्ने आदेश जारी गरेको थियो।
भू-उपयोग नियमावली जारी भई भू-उपयोग नक्सार डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि लागू हुनेगरी हालका लागि खण्डीकरण गर्न अनुमति दिईएको जानकारी पत्रमा उल्लेख छ ।
यो निर्णयसँगै देशभर रहेका जग्गाको खण्डीकरण गर्न पाइने छ। कित्ताकाट हुने छ। यद्यपी ऐन नियम तथा नियमावलीले निषेध गरेका जग्गा भने कित्ताकाट गर्न पाइने छैन।
विशेषगरी व्यवसायीहरूले कित्ताकाट भएपछि खुलाउन लबिङ गरिरहेका थिए । जग्गामा लगानी गरेका व्यवसायीहरूले कित्ताकाट रोकिँदा विक्री गर्न नपाएको भन्दै गुनासो गरिरहहेका थिए । मन्त्रालयको यो निर्णय सङ्गै कृषियोग्य जमिनको खण्डिकरण हुनेमा चिन्ता थपिएको छ ।

Comments

ताजा खबर