काेराेना समुदाय स्तरमा फैलिएसँगै तिनाउमा एक हप्ताका लागि स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेक अरू सबै सेवा बन्द

२०७७, २२ भाद्र सोमबार ०६:१५

सन्ताेष गहतराज ,पाल्पा । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि पाल्पाको तिनाउ गाउँपालिकाबाट सम्पादन गरिने अत्यावश्यक सेवा र स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरु भदौं २८ गतेसम्मका लागि बन्द हुने भएका छन् । गाउँपालिकाको आईतबार बसेको बैठकले तिनाउ गाउँपालिका- २, लामाचौपारी टोललाई सिल गरि आवतजावतलाई पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिए ।

यस्तै सिल गरिएको क्षेत्रमा रहेका पसल, होटल तथा वित्तीय संस्थाहरु बन्द रहनेछन् । गाउँपालिकाले मापदण्डहरुको पूर्ण पालना गरि र गराई संक्रमणको जोखिम नियन्त्रण गर्न यस अभियानका निरन्तर सहयोग, साथ र सहभागिताको लागि गाउँपालिकाबासीहरुमा आग्रह गरेको छ । तिनाउमा आइतबार एकसाथ ८ जना संक्रमित भेटिएका छन् । उनिहरुलाई वडा नम्बर २ को दोभान मावि आइसोलेशनमा राखिएको तिनाउका प्रवक्ता राजेश श्रेष्ठले जानकारी गराए ।

Comments

ताजा खबर