उपचाररत बिरामीमा कोरोना पुष्टि पाल्पा अस्पताल शिल

२०७७, २१ भाद्र आईतवार २२:१६

पाल्पा । समुदायस्तरमा कोरोना संक्रमण बढेको पाल्पामा जिल्ला अस्पताल शिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमणको पुष्टि भएपछि जिल्ला अस्पताल पाल्पा शिल गरिएको हो । एक हप्ता अघि देखि अस्पतालमा भर्ना भई उपचाररय तानसेन ११ निवासी ८२ बर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि हो । उनमा संक्रमण भएपछि अस्पतालका आकस्मिक सेवा बाहेक सबै सेवाहरु आइतबार देखि बन्द गरिएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । संक्रमण भएकी महिला अस्पतालमा कार्यरत कर्मचारीकी आमा हुन । अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण हुन सक्ने सम्भावनाका कारण उनिहरु होम क्वारेन्टाइन मा राखिएको छ ।
आइतबार मात्र पाल्पामा १६ जना संक्रमीत थपिएका छन । पाल्पा जिल्लामा कुल संक्रमीत को संख्या ६ सय ६ जना पुगेको छ । जसमध्ये हालसम्म ५ सय ६३ जना कोरोना मुक्त भएका छन । संक्रमण भएकामध्ये २ जनाको निधन भएको थियो ।

Comments

ताजा खबर