समुदायका १३ सहित थप १६ जनामा कोरोना संक्रमण

२०७७, २१ भाद्र आईतवार १४:५७

पाल्पा । समुदायस्तरमा कोरोना संक्रमण बढेको पाल्पामा कोरोना संक्रमीत बढ्ने क्रम जारी छ । आइतवार मात्र १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार थपिएकाहरुमा माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला, १ पुरुष, बगनासकालीका १ पुरुष र तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना देखिएको हो ।
आइतवार थपिएका मध्ये तिनाउका ८, रैनादेबीछहराका २, र माथागढीका ३ जना समुदायस्तरका ब्यक्ती रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकृत ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।
यो संगै पाल्पा जिल्लामा कुल संक्रमीत को सन्ख्या ६ सय ६ जना पुगेको छ । जसमध्ये हालसम्म ५ सय ६३ जना कोरोना मुक्त भएका छन । संक्रमण भएकामध्ये २ जनाको निधन भएको थियो ।

 

Comments

ताजा खबर