चीनमा बन्दै गरेको खोपको परीक्षणका लागि चार देशको अनुमति

२०७७, २१ भाद्र आईतवार १३:०१

चीनमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएका छन् ।
खोप निर्माण कम्पनी चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोवैक बायोटेक लिमिटेडले खोपको अन्तिम परीक्षणका रुपमा मानिने क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएको जनाएको छ । सर्बिया र पाकिस्तान तेस्रो चरणको परीक्षणका लागि सहमत भइसकेका छन् ।

अरु दुई वटा देशले भने डाटा माग गरिरहेका बीबीसीले जनाएको छ । चीनमा कोरोना भाइरस सङ्क्रमितको संख्या धेरै नभएकाले उसले अरु देशमा परीक्षण गर्नुपरेको हो । सर्बीयामा चीनले नै बनाउँदै गरेको दुई वटा खोपको परीक्षण हुनेछ । पाकिस्तानमा एउटा खोपको परीक्षण हुनेछ ।

दुई वटा खोप वुहान र बेइजिङ सीएनबीजी यूनिटले तयार पारेको हो । पाकिस्तानमा भने बेइजिङ यूनिटले तयार पारेको खोपको मात्रै परीक्षण हुनेछ । सीएनबीजीको तेस्रो चरणको परीक्षणमा १० देशका झण्डै ५० हजार मानिस सहभागी हुने सम्भावना रहेको खबरमा उल्लेख छ ।

संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा पहिले देखि नै परीक्षण सुरु भइसकेको छ ।

Comments

ताजा खबर