एकैदिन ९० हजार भन्दा धेरैमा कोरोना संक्रमण

२०७७, २१ भाद्र आईतवार ०८:१६

पाल्पा । पछिल्लो २४ घण्टामा भारतमा ९० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वर्ल्डओमिटरका अनुसार भारतमा शनिबार एकै दिन ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै यस अवधिमा भारतमा कोरोना संक्रमणबाट एक हजार ४४ जनाले ज्यान गुमाएका छन् ।

भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय ७९ पुगेको छ । कुल संक्रमितको संख्या ४१ लाख १० हजार नाघेको छ ।

 

Comments

ताजा खबर