कोरोना परीक्षण रिपोर्टमा त्रुटि हुँदा कोरिया विमानस्थलमा ३९ नेपाली रोकिए ।

२०७७, २० भाद्र शनिबार १५:३१

काठमाडौं ।  कोरियन एयरको उडानबाट नेपाल फर्किन लागेका २ सय ३८ नेपालीमध्ये ३९ जनालाई शुक्रबार कोरियन एयरले विमानस्थलबाटै फर्कायो। पिसीआर परीक्षणको रिपोर्टमा त्रुटि भएको, अस्पतालको छाप नभएको र केहीको फोटोकपीमात्रै भएकाले एयरलाइन्सले फर्काएको बताइएको थियो।

उक्त विषयमा छलफल हुँदा अब हुने अर्को उडानमार्फत् पुन: उडान शूल्क तिर्नु नपर्ने गरी उनीहरुलाई व्यवस्थापन गर्ने सहमति भईसकेको दूतावासले उल्लेख गरेको छ। साथै उपयुक्त ढंगले पिसीआर रिपोर्ट नदिने स्वास्थ्य संस्थालाई एनआरएनका स्थानीय प्रतिनिधिले नि:शुल्क पुन पिसीआर गराउन समन्वय तथा अनुरोध गर्न दूतावासले आग्रह गरेको छ। 

नेपाल फर्कन नपाएका यात्रुहरुको अर्को उडान नहुँदासम्मका लागि  खाने तथा बस्ने व्यवस्थापन भइरहेकाे दूतावासले जानकारी दिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु