डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु

२०७७, २० भाद्र शनिबार १३:१५

डडेल्धुरा ।  कञ्चनपुरमा डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ। दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुराको अजयमेरु गाउँपालिका-२ घर भएका प्रहरी जवान सुरेन्द्रकुमार ऐरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीका अनुसार शुक्रबार राति १२ बजे ५ नम्बर पोष्टमा डिउटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएका थिए। उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याईएकोमा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

Comments

ताजा खबर