गीतकार तथा सर्जक ईश्वरी अर्यालको शब्दमा सजिएको लोकदोहोरी गीत “बरको पात” सार्वजनिक भएको छ ।

२०७७, १९ भाद्र शुक्रबार २०:०६

राम प्रसाद बस्याल , साउदी अरब ।  संगीत क्षेत्रको  विधामा पहिलो कलम चलाउनु भएकी ईश्वरीको गीत २०७७ भदौ १८ गते देखि  बजारमा आएको छ, “बरको पात” ।
https://youtu.be/lpo30Kt6dRg

बर र पीपल प्राय सँगै हुन्छ विशेष गरि चौतारी मा हामी  बर र पीपल को जोडि अधिकाम्श रुपमा  देख्न सक्छौ। हो, सर्जक अर्यालको शब्दमा सजिएको गीतमा माया प्रेमको  प्रसंग रहेको पाइन्छ । गीतका शब्दहरु सुन्दा निकै पुरानो र अनुभवी सर्जक को भन्दा केही कमि छैन सिकर्मीले तिखारेका बुट्टाजस्तै छन् । सुरुमा सुन्ने बितिकै देखि लिएर गीतको अन्त्य सम्म नसुनी  मनले नमान्ने खालको गीत छ । शब्द  निकै कर्णप्रिय छन् ।

यी शब्दलाई सुमधुर आवाजमा चर्चित लोक तथा दोहोरि गायक कुलेन्द्र बिश्वकर्मा र सञ्जिता श्रेष्ठले अत्यन्तै  मिठास र गीतलाई न्याय दिएर गाउनु भएको छ  । पछिल्लो समयका चर्चित र सफल गायक बिश्वकर्माको  स्वर सुनिरहुँजस्तो छ सायद लोक बिधामा कुलेन्द्र लाई नचिन्ने बिरलै हुनुहुन्छ होला। हुन त कुलेन्द्रका यसअघिका गीत पनि अति कर्णप्रिय र चर्चित नभएका होइनन । गीतमा शब्द, संगीत र स्वरको तालमेल अति नै मिलेको छ ।

गीतमा प्रिय कुमारले कत्ति पनि कन्जुस्याइँ नगरी संगीत संयोजन गरेका छन् । उनको सीपको हामी सम्मान गर्नै पर्छ। अनि समिर ठोकानको निर्देशनमा कुनै ठेस लगाउने ठाउँ नै पाइन्न लोक दोहोरी गीत  ‘बरको पात’ मा ।

बरको पात लोकदोहोरी गीतमा सर्जक ईश्वरीको पहिलो प्रयास भनिए पनि शब्द संयोजनमा अत्यन्तै  राम्रो  निखार छ । अध्ययनको सिलसिलामा जापानमा रहेकी अर्याल  अरु पनि शब्द कार्न भ्याए पनि रेकर्डिङ भएको चाहिँ यो पहिलो हो भन्नू हुन्छ ।

निकै मिलनसार र सहयोगी भावना कि अर्याल अध्ययन र कामबाट निस्केको समय शब्द रचनामा लगाउने आफ्नो पहिलेदेखिको रुचिको विषय गीत संगीत भए पनि यसतर्फ लाग्न नपाएको बताउँछिन् । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ३, साविकको मैदी अमराईमा जन्मे, हुर्के र विद्यालय शिक्षा त्यही आर्जन गरेकी अर्याल आगामी दिन गीत संगीत र रचनामै लगाउने बताउँछिन। बिदेश मा रहेर पनि गीत संगीत लाई माया गर्ने र गीत संगीत का लागि समय खर्चिनु चुनौती को कुरा पनि हो तसर्थ हामि नव सर्जक ईश्वरी अर्याल  लाई सधै सम्मान गर्छौ आगामी दिनमा पनि उहाको कलम को गति निरन्तर बढोस र अहिले लाई बरको पात ले सफलता हासिल गरोस हामी सबैले  सफलताको कामना गर्दछौ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु