अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा

२०७७, १९ भाद्र शुक्रबार १९:४५

काठमाडौं – सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् ।उनले शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन् ।

विदाई हुँदै खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।मन्त्री खतिवडाले आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरताको जिम्मेवारी कर्मचारीमा रहेको समेत बताएका छन् । अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।

यसअघि मन्त्रिपरिषद् बैठकमा नै खतिवडाले राजीनामा दिने घोषणा गरेका थिए । राष्ट्रियसभा सदस्यकाे खाली एक सिटमा सरकारले वामदेव गौतमलाई सिफारिस गर्ने भएपछि गैर सांसद नै ६ महिनासम्म मन्त्री बनेका उनले पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

Comments

ताजा खबर