मल नपाउदा पोखराथोकका किसान चिन्तित।

२०७७, १९ भाद्र शुक्रबार ०९:४६

नेपाल एक कृषि प्रधान देश हाे । नेपालका करिब ८० प्रतिशत मानिसहरू कृषि पेशामा लागेका छन । तर नेपालमा कृषि अाधुनिकरण तथा समयमा मल नपाउदा उत्पादन साेचे अनुसार हुन सकेको छैन साेही अनुसार याे बर्षमा पनि किसानहरू समयमा मल नपाउदा चिन्तत भएका छन ।

साेही अनुसार पाल्पामा पनि धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा पाल्पाकाे अन्न भण्डारकाे रूपमा चिनिने माडी आसपासका किसानहरु मल नपाउदा चिन्तित भएका छन।

धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले राख्ने समयमा उपलब्ध नहुँदा उनीहरु चिन्तित देखिएका छन।
बगनासकाली गाउँपालिका-२ पोखराथोकमा रहेको जनकल्याण कृषि सहकारीमा मल आई नपुग्दा किसानहरुलाई विगत २ महिनादेखि मल उपलब्ध गराउने भनेपनि सहकारीमा मल आईनपुग्दा धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च चलाउनुपर्नेमा अहिले मल नपाउँदा किसानहरु चिन्तित भएका हुन।

सहकारीले मल आउने भनेपनि अहिलेसम्म मल आईनपुग्दा बाहिरबाट चर्को मूल्य लिई व्यापारीहरुले कालोबजारीमा उपलब्ध गराउने गरेको किसानहरुले आरोप लगाएका छन।

बगनासकाली गाउँपालिकाका कृषक लिलानाथ न्यौपानेले धान खेतीको बेलामा मल उपलब्ध नहुँदा र सरकारले कृषकहरुलाई मल उपलब्ध नगराएकोमा दुःख लागेको बताउँदै लगातार महिनौ दिनदेखि मलको पर्खाईमा दिन बित्ने गरेको र किसानहरुलाई सहज तरिकाले सरकारले मल उपलब्ध गराउनु पर्ने बताउनुभयो।

सरकारले कृषिमा जोड दिए पनि कृषकहरुलाई आवश्यक परेको बेला सहजरुपमा मल उपलब्ध नहुँदा उनीहरु चिन्तित भएका छ्न।
खेतमा धानवाली लगाईएको अवस्थामा सहजरुपमा मल उपलब्ध नहुँदा यस वर्ष धानको उत्पादन घट्नेमा किसानहरु चिन्तित देखिएका छ्न।

Comments

ताजा खबर