पाल्पामा थपिए ५ जना संक्रमित

२०७७, १९ भाद्र शुक्रबार ०८:२८

पाल्पा । समुदाय स्तरमा संक्रमण फैलिएको पाल्पामा थप ५ जनामा कोरोना पुष्टि भएको छ । तानसेन नगरपालिका वडा नम्बर १० का २, वडा ११ र १४ का एक – एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु सबैजना बिदेश बाट फर्किएका पुरुष रहेका छन । उनिहरु होम क्वारेन्टाइनमा रहेका छन । यस्तै रिब्दिकोट गाउँपालिकाकी एक महिलामा पनी कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । संक्रमीत महिला बिरामी भई बुटवलको प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । योसंगै पाल्पामा समुदाय स्तरका ७ सहित कोरोना संक्रमितको कुल संख्या ५ सय ८८ पुगेको छ । जसमध्ये ५ सय ६२ जना निको भैसकेका छन भने २ जना संक्रमितको मृत्यु भएको छ ।
पाल्पामा कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासनले गत भदौं ५ गतेदेखि निषेधाज्ञा आह्वान गरेको छ । जारी निषेधाज्ञा १९ गते (शुक्रबार) रातिसम्म कायम गरिएको छ ।

Comments

ताजा खबर