नेकपा को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय

२०७७, १९ भाद्र शुक्रबार ०४:३०

 काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ । प्रधामन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा लैजाने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको बतााए । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोयनका लागि सिफारिस गर्ने बताउनुभएको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराउनुभयो ।’’

स्थायी कमिटीमा अध्यक्षद्वले तयार पारेको प्रस्ताव पेश गरी छलफल हुने र त्यहाँ आएका सुझावहरुलाई समेत ध्यान दिएर ठोस कार्ययोजना सहितको निर्णय प्रस्तावलाई अन्तिम रुप दिएर सचिवालयमा प्रस्तुत गरिने उनले बताए । सचिवालय बैठकबाट पुनः स्थायी कमिटीमा प्रस्ताव लगेर ठोस निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए । निषेधाज्ञा हटेपछि छिटोभन्दा छिटो स्थायी कमिटी बैठक बोलाइने उनको भनाई छ । असार १० गतेबाट जारी बैठकमा पार्टीभित्रको आन्तरिक विवादका कारण अनिश्चित भएको छ ।

 

Comments

ताजा खबर