रम्भामा थप एकमा कोरोना पुष्टि

२०७७, १८ भाद्र बिहीबार १५:५५

पाल्पा । समुदाय स्तरमा संक्रमण फैलिएको पाल्पामा थप १ जनामा कोरोना पुष्टि भएको छ । रम्भा गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
योसंगै पाल्पामा समुदाय स्तरका ६ सहित कोरोना संक्रमितको कुल संख्या ५ सय ८३ पुगेको छ ।

संक्रमितका बावुलाई केही दिनअघि कोरोना देखिएको थियो । उनीपनि बावुको उपचारका लागि आफ्ना बावुसँगै चितवन गएका थिए । बावुमा संक्रमण भएपछी उनका छोराको स्वाब संकलन गरिएको थियो ।
पाल्पाका कुल संक्रमित मध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन् । भने २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

Comments

ताजा खबर