सूचीसहित नेपाल एयरलाइन्सले तोक्यो नियमित उडानको भाडा

२०७७, १८ भाद्र बिहीबार ०३:५९

काठमाडौं – नेपाल एयरलाइन्सले आफ्ना नियमित फ्लाइटको भाडादर सार्वजनिक गरेको छ । अब अरु विदेशी एयरलाइन्सले पनि निगमको भन्दा बढी भाडादर राखेमा नेपालमा उडानको अनुमति नपाउने भएका छन् ।

निगमका अनुसार वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि हवाई भाडा निर्धारण गर्दा विभिन्न क्लासमा वर्गीकरण गरिएको हुन्छ । त्यसअनुसार निगमले चार वटा गन्तब्यका लागि क्लासअनुसारको भाडा तोकेको छ ।

मन्त्रालयले यसअघि अब नियमित उडान हुने सक्टरबाट आउने विदेशी एयरलाइन्सले पनि निगमले तोकेको भाडादरमा नेपाल आउनुपर्ने निर्णय गरेको थियो । मन्त्रालयले बढी भाडा असुल्ने गरी नेपालमा उडानको अनुमति नदिन नेपाल नागरिक उडड्यन प्राधिकरणलाई निर्देशन दिएको छ ।

निगमले भनेको छ, “हवाई भाडामा सम्पूर्ण करसमेत समावेश भएकोले निगमले निर्धारण गरेको भाडादरभन्दा बढी रकम तिरी कसैले पनि टिकट खरीद नगर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौं । साथै उडान संख्या, यात्रु तथा वर्गीकृत क्लासमा तोकिएको सिट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्नेछ ।”

Comments

ताजा खबर