आईसीसी नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउनु पर्ने तलब निकासा गर्दै ।

२०७७, १७ भाद्र बुधबार ११:०८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले एक वर्षदेखिको तलब पाउन केही दिन कुर्नुपर्ने भएको छ । खेलाडीले लामो समयदेखि नपाएको तलब अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) निकासा गर्ने भएको हो ।

आईसीसीले खेलाडीको तलब केही दिनमा रिलिज गर्ने नेपाल क्रिकेट एसोसियसन (क्यान) ले जनाएको छ । खेलाडीहरुको तलब आउन तीन दिन जति लाग्‍ने क्यनका सचिव अशोकनाथ प्याकुरेलले बताए ।

राष्ट्रिय क्रिकेट टिमका खेलाडीले सन् २०१९ देखि तलब पाएका छैनन् । गत बर्ष भएको निर्वाचनलगत्तै क्यानको नयाँ कार्यसमितिले खेलाडीको तलबको पहल गर्दै आएको थियो । क्यानले सम्झौताभन्दा खेलाडीले मासिक १० हजार बढी तलब प्राप्त गर्ने जानकारी दिएको छ । आईसीसीले खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गर्दै तलब निर्धारण गरेको थियो ।

“खेलाडीहरुले तलब पाउने कुरा पक्का भएको छ । तलब भने आइपुगेको छैन । अबको तीन या चार दिनमा खेलाडीले आफ्नो तलब पाउनेछन्,” प्याकुरेलले बाह्रखरीसँगको कुराकानीमा भने ।

खेलाडीले श्रेणीअनुसार तलब पाउनेछन् । जसअनुसार ‘ए’ श्रेणीका खेलाडीले मासिक ३५ हजार, ‘बी’ श्रेणीका खेलाडीले २५ हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक १५ हजार तलब पाउने उल्लेख छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु