पाेखरिमा डुवेर रूपन्देहीमा एक जनाकाे मृत्यु ।

२०७७, १६ भाद्र मंगलवार १८:४४

भैरहवा । पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ५ का १७ वर्षिय सदाव आलम रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

प्रहरीका अनुसनर आफ्नो घरदेखि अन्दाजी १ सय मिटर पूर्वमा रहेको पानी पोखरीमा नुहाउने क्रममो डुबेको र छिमेकीले थाहा पाएपछि तत्काल आलमलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज पठाइएको थियो ।

उपचारको क्रममा आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु