तानसेन वडा न ५ का दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई राहत प्रदान ।

२०७७, २२ आश्विन बिहीबार ०१:१७

सन्ताेष गहतराज,पाल्पा , असोज २२ ।  पाल्पाकाे तानसेन नगरपालिका वडा न ५ का दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्ने मजदुरहरूलाई एक कार्यक्रमकाे बिचमा राहत प्रदान गरिएको छ ।

काेरिया इन्टरनेशनल काेपरेशन एजेन्सी ,मेडिकल एनजीओ ,ग्लाेबल केयर र काेरिया एनजिआ काउन्सिल ओभरसिज डेभलपमेन्ट काेपरेसनहरू काे संयुक्त आर्थिक सहयाेग  र तानसेन नगरपालिका वडा नं-५ काे सहकार्यमा मजदुरहरूलाई चामल २५ केजी,मसुराे दाल ५ के जी,खाने तेल २ लिटर, आटा ५ केजी,साेयाविन ४ पाेका,नुन २ केजी,हातधुने साबुन २ वटा र माक्र्स २५ वटा वितरण गरिएको वडा अध्यक्ष राम बहादुर रावलले बताउनु भयाे । यसरी दैनिक ज्यालादारी गर्ने मजदुरहरूले वडाले दशै नजिकै अाएकाे राहत प्रदान गरेको खुशी भएका छन । कार्यक्रम वडाका वडा सदस्यहरू संस्थाका प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियाे 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु