मेस्सीलाई राष्ट्रपतिको सन्देश , आफ्नै देशको क्लबबाट खेल्न अनुरोध ।

२०७७, १५ भाद्र सोमबार १२:०५

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीको विषयमा पछिल्लोपटक धेरै चर्चा चल्न थालेको छ । मेस्सी पछिललो समय क्लब छाड्ने अवस्थामा छन् । उनले आइतबार बार्सिलोनाको प्रि-सिजनका लागि भएको स्वास्थ्य परीक्षणका लागि पनि सहभागिता जनाएनन् ।

बार्सिलोनाबाट मेस्सी जाने चर्चा चलेसँगै अर्जेन्टिनाका समर्थकहरुले मेस्सीलाई देश फर्कन आग्रह गरिरहेका छन् । मेस्सीलाई भर्खरै मात्र अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फार्नान्डिजले देश फर्कन आह्‍वान गरेका छन् । फुटबल समर्थक पनि रहेका राष्ट्रपति फर्नान्डिजले मेस्सीलाई आफ्नै देशको क्लबबाट खेल्न आह्‍वान गरेका हुन् ।

अर्जेन्टिनाका पत्रिका कालिनका अनुसार राष्ट्रपतिले यो परिस्थितिमा मेस्सीलाई देश फर्काउन चाहेको बताइएको छ । राष्ट्रपति फार्नान्डिजले मेस्सीलाई नेबेल्स ओल्ड ब्वाइजबाट आफ्नो खेल करियर सक्न अनुरोध गरेका हुन् ।

“मेस्सीले यो देशको क्लबबाट खेल करियर सकेको हेर्न मन छ । त्यसका लागि न्युवेल्स ओल्ड ब्वाइज क्लब उपयुक्त छ । सबै अर्जेन्टिनाका समर्थकहरुको चाहना पनि यही हो,” मेस्सीलाई राष्ट्रपतिले पठाएको सन्देशमा उल्लेख गरेको छ । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु