आइएमईको सेवा घर बाटै रेमिटेन्सको सुविधा लिन सकिने ।

२०७७, १५ भाद्र सोमबार ११:५१

काठमाडौं । आइएमईले घरघरमा रेमिट्यान्सको सुविधा पुर्‍याउनका लागि ‘आइएमई पे मोबाइल वालेट एप पे’ सञ्चालनमा ल्याएको छ।

नेपालीले विदेशबाट पठाएको रेमिट्यान्स सजिलै प्राप्त गर्नका लागि आफ्नै डिजिटल वालेट सुविधालाई सुधार गर्दै आइएमई मोबाइल एपबाटै यस्तो सुविधा दिने भएको हो।

यस्तो सुविधा प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिट्यान्स’ आइकनमा क्लिक गर्नुपर्छ। त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर मनी कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्ट भर्नुपर्छ। यसरी सेवाग्राहीले आफ्नै मोबाइल वालेटमा पैसा जम्मा गर्न सक्ने छन्।

यसरी मोबाइल एप प्रयोग गरी रेमिट्यान्स प्राप्त गरेमा ब्याज र ५० रुपैयाँ पनि प्राप्त हुने छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु