९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ ।

२०७७, १५ भाद्र सोमबार ११:३९

पोखरा । बालिका बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । पाेखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेकाे आरोपमा ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् ।

उनलाई स्याङ्जा विरुवाबाट प्रहरीले नियन्त्रणमा लिएकाे हाे । फरार रहेका गुरूङ बालिकाका आफन्तले जाहेरी दिएपछि पक्राउ परेका हुन् । छिमेकी समेत रहेका उनले बालिकालाई चकलेट खान दिइ फकाएर अनैतिक काम गर्न लगाएकाे स्थानीयकाे आराेप छ । बालिकाका बाबुआमा दुवै जना विदेशमा छन् ।

साेधपुछका क्रममा बालिकाले ४/५ महिनादेखि ती छिमेकीले यस्ताे काम गर्दै आएका थिए । बालिकाको मेडिकल जाँचसमेत भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु