तिनाउ गाउँपालिकालले समुदायस्तरमा काेराेना जाँचकाे लागि स्वाब संकलन

२०७७, १५ भाद्र सोमबार ०७:२७

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाले समुदादायस्तरमा काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरेकाे छ । गाउँपालिकाले एक सय २ जनाको स्वाब संकलन गरेको छ ।

गाउँपालिकाले समुदायमा रहेर अग्र भागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेका र शिक्षकहरुको स्वाब संकलन गरेको हो ।

जिल्लामा संक्रमण समुदायस्तरमै पुगिसकेकाले परीक्षणको दायरालाई फराकिलो बनाउका लागि परीक्षणलाई तिव्रता दिइएको गाउँपालिकाका अध्यक्ष अाेम बहादुर घर्ती मगरले बताए । उनले परीक्षणले समुदायको काेराेना फैलिएकाे वा नफैलिएकाे भन्ने जानकारीकाे लागि नमूना परीक्षण कार्यक्रम अघि सारेको जानकारी दिए ।

गाउँपालिकाले वडा न १का १० जना,वडा न २ का ८८ जना र वडा न ३ का ४ जना गरि जम्मा १ सय २ जना व्यक्तिहरुको पिसिआर परीक्षणकाे लागि स्वाब संकलन गरिएकाे गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।

Comments

ताजा खबर