रम्भा हुगीको सामुदायिक भवनमा आगाेलागि

२०७७, १५ भाद्र सोमबार ०७:२३

पाल्पाकाे रम्भा गाउँपालिका-१ हुगी संगाहा स्थित सामुदायिक युवा सुचना केन्द्र , सामुदायिक बन कार्यालय हुगी साथै महिला समुहकाे सामुहिक भवनमा अचानक बिद्युतको तार सट भई आगालागी हुदा २० लाख बराबरकाे सामान र १५ लाख बराबरको भवनको मुल्याङकन गरि जम्मा करिब ३५ लाख बरावरको क्षती भएको युवा सुचना केन्द्र का संस्थापक नारायण डुम्रेले बताउनु भयो

यो भवन २०४८ सालमा प्रगती शिल युवा समूह द्धारा स्थापना भएको यस भवनलाई २०५४ मा कृष्ण गण्डकी युवा कलव हुँदै २०६७ मा सामुदायिक युवा सुचना केन्द्र द्धारा परिचित रहेको छ ।

यस संथामा रुम टु रिडको पुस्ताकालय समेत रहेको थियो शौक्षिक गतिबिधी अघि बढाउन प्रयाेग भएको यस भवनको लागि गत आर्थिक बर्ष यस भवन सामान खरिद र व्यवस्थापनको लागि रम्भा गाउँपालिका बाट १ लाख ५० हजार बराबरको काम गरेको सामन खरिद र व्यवस्थापनमा खर्च गरेको डुम्रेले जानकारी गराउनु भयो । यस संस्थाले युवा लक्षित कार्यक्रम हरू पत्रकारिता , उद्घाेषण, कम्प्युटर तालिमहरू दिने साथै समुदायमा रहेका हरेक कृयाकलापमा सकृयता का साथ सहभागी हुने गरेकाे थियाे ।

 

प्रहरी र स्थानियहरुको सहयोगमा आगो पुर्ण नियन्त्रणमा लिइएकाे छ। उक्त आगालागीबाट ४० थान प्लास्टिकको कुर्ची, ८ थान कम्प्युटर, १ थान टिभी, टेन्डहाउसमा प्रयोग गर्ने कपडा, भाडाकुडा, ७ थान काठको दराज क्षती भएको प्रहरीले जनाएकाे छ ।

Comments

ताजा खबर